काठमाडौं । अस्मिता खवासको ह्याट्रिकसँगै बागमती युथ क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलअन्तरले पराजित गरेको हो।
बागमतीको जितमा अस्मिताले तीन गोल गरिन्। साहरा लिम्बू र आरती भुजेलले एक एक गोल थपिन्। सुदूरपश्चिमका लागि तुलचा बोहराले एक गोल फर्काइन्।
जितसँगै बागमतीले तीन अंक जोडेको छ। अस्मिताले १७औं मिनेटमा गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाइन्।


