आरसिटीले जाेड्याे पहिलाे अंक

काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आरसिटी क्लबले पहिलो जित दर्ता गरेको छ।

सादतदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार सम्पन्न खेलमा आरसिटीले नयाँ बस्ती क्लबलाई २–१ ले पराजित गरेको हो।

आरसिटीको जितमा प्रज्जवल गुरुङ र निखिल तामाङले समान एक गोल गरे। पूर्णबहादुर गुरुङले सान्त्वना गोल फर्काए।

खेलको १०औं मिनेटमै प्रज्जवले आरसिटीलाई सुरुआती अग्रता दिलाएका थिए। २१औं मिनेटमा पूर्णबहादुरले खेल बराबरीमा ल्याए।

६४औं मिनेटमा निखिलले गोल गर्दै आरसिटीलाई २–१ को जित दिलाए।

यो नतिजासँगै आरसिटीले तीन खेलबाट तीन अंक पुर्‍याएको छ। नयाँ बस्तीको भने समान खेलबाट तीन अंक नै छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको