कराते टोली अस्ट्रेलिया जाने

काठमाडौं, चैत २० गते । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ। टोली बुधबार राती ११ः०० बजे अस्ट्रेलिया प्रस्थान गर्ने तालिका छ।

अप्रिल ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन्।

महिला ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६८ केजीमाथि एरिका गुरुङ र ६१ केजीमुनि सविना श्रेष्ठले खेल्ने छन्। प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, सहायक प्रशिक्षक र अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ रहेका छन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको