प्लानिङ ब्वाइजको लगातार चौथो जित

काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले लगातार चौथो जित दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार सम्पन्न खेलमा प्लानिङले ब्वाइज युनियन क्लबलाई २–१ गोलले पराजित गरेको हो।

प्लानिङको जितमा प्रतावसिंह राई र रुजन न्यौपानेले गोल गरे। यता, ब्वाइज युनयिनको लागि संञ्जिव लामाले गरेको गोल सान्त्वना बन्यो।

खेलको १२औँ मिनेटमा प्रतावको गोलबाट प्लानिङले सुरुआती अग्रता बनाएको थियो।

यो जितसँगै जारी लिगमा लगातार चौथो जित हासिल गरेको प्लानिङले १२ अंकसहित शीर्ष स्थानमा यथावत छ। पराजित ब्वाइज युनियनको भने समान खेलबाट तीन अंकसहित नौँ स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको