कोपा डेल रेमा ‘एल क्लासिको’

काठमाडौं । बार्सिलोना कोपा डेल रेको फाइनलमा स्थान बनाएसँग उपाधि भिड्न्त ‘एल क्लासिको’ हुने भएको छ।

जहाँ रियल मड्रिड र बार्सिलोना भिड्ने भएका हुन्।

बुधबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई समग्रमा ५–४ ले हराउँदै उपाधि नजिक पुगेको हो।

पहिलो लेग दुई टोलीबीच ४–४ को बराबरीमा सकिएको थियो। दोस्रो लेगमा बार्सिलोना १–० ले विजयी भयो।

एट्लेटिकोको मैदानमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले निर्णायक गोल गरेका थिए। उनले खेलको २७औं मिनेटमा लामिन यमलको पासमा निर्णायक गोल गरेका हुन्।

अब, बार्सिलोना उपाधिका लागि रियाल अप्रिल २६ मा खेल्नेछ। रियालले मंगलबार राति रियाल सोसिडाडलाई दुई लेगमा ५–४ ले नै हराएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको