सरस्वतीलाई पराजित गर्दै झापाले निकाल्यो पहिलो जित

काठमाडौं। झापा फुटबल क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा सरस्वती युथ क्लबलाई पराजित गर्दै झापा २–० काे जित हासिल गरेको हो।

झापाको जितमा प्रदीप बूढाथोकी र राजेश दाहालले गोल गरे। प्रदीपले ११औं मिनेटमा गोल गर्दै झापालाई सुरुआती अग्रता दिलाए। निर्धारित खेल सकिन दुई मिनेट बाँकी रहँदा राजेशले अर्को गोल गर्दै झापाको जित पक्का गरे।

जितसँगै झापाले चार खेलबाट चार अंक पुर्‍याएको छ। झापा नवौं स्थानमा छ। सरस्वतीको भने यो दोस्रो हार हो। यसअघि टुसाल युथ क्लबसँग सरस्वती १–० ले पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको