किरण लिम्बू /संखुवासभा । चैनपुर नगरपालिका–१ नुनढाकीस्थित मिल्के जनउत्थान मञ्चको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ।
विगतका वर्षजस्तै यस पटक पनि मिल्के जनउत्थान मञ्चको आयोजनामा चैनपुर नगरपालिका-१ नुन्ढाकी तातोपानी खेलमैदानमा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने भएको हो।
आगामी चैत ३० गतेबाट प्रतियोगिता सुरु भई २०८२ वैशाख १ गते समापन हुने आयोजक मिल्के जनउत्थान मञ्चले जानकारी दिएको छ। पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएकाले जिल्लाभित्र र बाहिरका दुई दर्जन टिमले सहभागीता जनाउने बताए।
प्रतियोगिताको विजेताले रू २० हजार, उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रोत्साहन स्वरूप उचित पुरस्कारको व्यवस्था गरिएको छ।
