एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियलको संघर्षपूर्ण जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ल लिगा अन्तर्गतको खेलमा संघर्षपूर्ण जित हासिल गरेको छ।

आइतबार सम्पन्न खेलमा रियलले आल्भेजविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गरेको हो।

रियलको जितमा खेलको ३४औँ मिनेटमा एडवर्ड कामाभिङ्गाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

खेलको ३८औँ मिनेटमा किलीयन एम्बाप्पेले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित हुँदै दबाबमा परेको थियो। तर खेलको ७०औँ मिनेटमा आल्भेजका मानु सान्चेजले पनि रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा खेलेका थिए।

जितपछि रियलको ३१ खेलमा ६६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाबहाना ४ अंकले पछाडी छ।
आल्भेजको भने ३१ खेलमा ३० अंक रहेको छ र लिगमा १७औँ स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको