काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापाविरुद्ध विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्धबाट फुकुवा भएका छन् ।
सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध बैशाख २ गते (अप्रिल १५) मा सकिएको थापाले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।
थापाले आफ्नो प्रतिबन्ध फुकुवा भएपछि नेपाली फुटबल विकासका लागि आफ्नो साथ र सहयोग सधै रहने बताए। यस्तै, अब फुटबलका आधिकारिक फोरममै गएर आफ्ना कुरा राख्ने बताएका छन्।
कठिन १० वर्षे अवधिपश्चात्, मेरो फुटबल सम्बन्धित सबै गतिविधिबाट भएको निलम्बन अब समाप्त भएको छ’, थापाले भने, ‘यो यात्रा चुनौतीपूर्ण थियो। तर, यस अवधिमा प्राप्त सबैको सहयोग र समर्थनका लागि आभार व्यक्त गर्न चाहन्छु।’
