काठमाडौं । एफसी चितवन पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।
एनएसएल २०२५ अन्तर्गत बिहीबार भएको अन्तिम लिग खेलमा साविक उपविजेता समेत रहेको धनगढी एफसीलाई ३-१ ले पराजित गर्दै चितवनले प्लेअफमा स्थान पक्का गरेको छ ।
तेस्रो संस्करणमा चितवन प्लेअफ पुग्ने अन्तिम टोली बनेको छ । यसअघि नै साविक विजेता ललितपुर सिटी एफसी, साविक उपविजेता धनगढी एफसीसँगै पोखरा थण्डर्सले प्लेअफमा स्थान बनाइसकेको छ ।
अन्तिम लिग खेल जितपछि चितवनले ६ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । पहिलो पटक प्लेअफमा पुगेको चितवनले अब एलिमिनेटरमा पोखरा थण्डर्ससँग प्रतिस्पर्धा गर्नेछ ।


