नेपाल सुपर लिगको पहिलो क्वालिफायरमा आज ललितपुर र धनगढी खेल्दै


काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज साबिक विजेता ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा शुरू हुनेछ ।

आजको खेलमा विजेता हुने टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरमा विजयी हुने चितवन र पोखरामध्ये एक टोलीसँग खेल्ने छ ।

भोलि चितवन र पोखराबीच खेल हुनेछ । अर्को खेल बुधवार र तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको