काठमाडौं । अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ ।
अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स टेपको नयाँ आउटलेटको उद्घाटन गरेका छन् । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल रेस उपाधि जितेका छन् ।
खेल पोशाकको उत्कृष्ट ब्रान्डमध्ये एक एक्स स्टेपको यो १४ औँ आउटलेट हो । एक्स स्टेपको नयाँ आउटलेटको उद्घाटनको अवसरमा ‘रन फर फ्रेस एयर’ नारासहित पाँच किलोमिटर दौडको आयोजना पनि गरिएको थियो । सो दौडमा अर्जुनसहित अर्जुनसहित अन्य आठ जना ट्रायल रनर दावा तामाङ, मानकुमार रोक्का मगर, गोपाल तामाङ, सन्तोष तामाङ, होमराज तामाङ, आङफूर्वा शेर्पा र मञ्जु सुनुवारले सहभागिता जनाएका थिए । सबैजना रनर एक्स टेपको पोशाक र जुत्ता लगाएर दौडेका थिए । धावक अर्जुनले एक्स टेपको जुत्ता, पोशाकसहित दौडँदा निकै सहज महसुस भएको र टाइमिङ पनि सुधार भएको बताएका छन्।
एक्स टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले सो दौडमा सहभागी धावकधाविकालाई एक्स स्टेपका खेलपोशाकसहितको गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।