प्लानिङ ब्वाइज र भगवतीले अंक बाँडे


काठमाडौं। शीर्ष स्थानकाे प्लानिङ ब्वाइज युनियनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लबलाई बराबरीमा रोकेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा यी दुई टोलीले १-१ को बराबरी खेलेका हुन्।

खेलको आठौं मिनेटमा भगवतीलाई उज्वल राईले सुरुआती अग्रता दिलाए। तर, ५३औं मिनेटमा फागुराम थारुले गोल गर्दै प्लानिङलाई एक अंक दिलाए।

योसँगै प्लानिङले १० खेलबाट २४ अंक पुर्‍याएको छ। प्लानिङलाई पछ्याइरहेको भगवतीको समान खेलबाट २३ अंक छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको