कीर्तिपुरलाई हराउँदै काठमाडौं गोदावरी मेयर कपको उपाधी नजिक

ललितपुर। काठमाडौं महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ।

गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा कीर्तिपुर नगरपालिकालाई ३-० ले हराउँदै काठमाडौंले दोस्रो पटक उपाधी नजिक पुगेको हो।

यसअघि पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधि जितेको थियो।

काठमाडौंका लागि खेलमा प्लेयर अफ दि म्याच मनिष सेढाईले २ गोल तथा राज पौडेलले १ गोल गरे।

आगामी जेठ २ गते हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको