भारत समूह विजेता


काठमाडौं। घरेलु टोली भारतले नेपाललाई हराउँदै साफ यु–१९ च्याम्पियनसिपको समूह चरणको खेल सक्काएको छ।

गोल्डेन जुब्ली स्टेडियममा मंगलबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा भारतले ४–० को जित निकालेको हो।

भारतलाई जित दिलाउन रोहिन सिंहले दुई तथा ओमङ डोडुम र डानी मिथेईले समान एक गोल गरेका हुन्।

यु–१९ प्रतियोगितामा भारतको यो नेपालविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो।

यो नतिजासँगै समूह विजेता बनेको भारतले दुई खेलबाट ६ अंक बटुल्यो। भारतले पहिलो खेलमा भुटानलाई ८–० ले पराजित गरेको थियो। अब भारतले फाइनल प्रवेश गर्न अर्को समूहको उपविजेता माल्दिभ्ससँग खेल्ने छ। माल्दिभ्सले बंगलादेश र भुटानसँग समान २–२ को बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

नेपालले भने बंगलादेशसँग खेल्ने भएको छ। भुटानलाई ३–० ले हराउँदै बंगलादेश समूह ‘ए’को विजेता बनेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको