काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिडले रियल मालोर्कालाई २–१ ले पराजित गरेको छ।
रियलका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे। मड्रिडमा भएको खेलको ११औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए।
केलिएन एम्बाप्पेले ६८औँ मिनेटमा बराबरी गोल गरेका थिए। इन्जुरी समयमा ज्याकोबोले गरेको गोल निर्णायक बनेको हो।
बिहीबार बार्सिलोनाले इस्पायिनोलसँग खेल्नेछ। सो खेलमा बराबरी मात्र भए पनि बार्सिलोनाले उपाधि जित्ने छ।
