पलेशा पारा ओलम्पिकको क्वार्टरफाइनलमा प्रवेश


काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारा ओलम्पिकको पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी छन्।

शुक्रबार भएको खेलमा उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी हुन्। योसँगै उनी क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।

के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यो स्पर्धामा अब उनले ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको