पलेशाले ६५ लाख पुरस्कार पाउने


काठमाडाैँ । पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोबर्धनले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छिन्।

राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको पुरस्कार सम्बन्धी व्यवस्था अनुसार पलेशाले ६५ लाख नगद पुरस्कार पाउने भएकी हुन्। सोही नियमावलीमा भएको पुरस्कार अनुसार चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी पलेशाले १३ लाख नगद पुरस्कार पाएकी थिइन्। त्यस्तै प्रशिक्षकले ५ लाख ८५ हजार, व्यवस्थापकले २ लाख ९२ हजार र सम्बन्धित खेल संघले ११ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको