आयोजक ज्ञानोदय बालवाटिका ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।
खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले ओएसिस्लाई ५५–४७ ले पराजित ग¥यो। ज्ञानोदयको जितमा दिपेश शाहीले २५ अंक योगदान गरे। ब्वाइजमै मनीष गुरुङको १५ अंक सहयोगमा पुष्पसदनले रेडियन्ट पब्लिकलाई ५५–३९ ले हराउदै सेमिफाइनलमा पुग्यो।
गल्र्समा एनसीसीएसले मल्पी इन्टरनेसनललाई २९–२३, रेडियन्ट पब्लिकले एसएसएसभीएमलाई ४३–२३, द चाँदबाग स्कुलले रातो बंगलालाई २३–२० र रिब्सले पाठशालालाई १७–११ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। एनसीसीएसकी दिवा महर्जनले १४, रेडियन्टकी दिब्यान्शा कार्कीले २५, चाँदबागकी आश्रिया पराजुलीले १२ र रिब्सकी सुजिना लामाले ८ स्कोर गरे।


