
काठमाडौं । बिली जिन किङ कपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार बहराइनको मानामा प्रस्थान गर्ने भएको छ।
नोभेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धरले खेल्ने छन्। प्रशिक्षकमा सन्तोष खत्री तथा व्यवस्थापकमा नेपाल टेनिस संघका सदस्य अजय विष्ट छन्।
टोलीलाई सफलताको शुभकामना दिदै टेनिस संघका महासचिव मनोहरदास मुल र सदस्य जयजीव हाडाले बिहीबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे।