टेनिस टोली सम्मानित


नेपाल टेनिस संघले डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमबार सम्मान गरेको छ ।

टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप (एसिया÷ओसिएना क्षेत्र) मा सहभागी खेलाडी अभिषेक बाँस्तोला, प्रदिप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र रितिक राणा तथा प्रशिक्षक शरद लामा सम्मानित भएका हुन् । रितिक भने कार्यक्रममा उपस्थित थिएनन् ।

ग्रुप ५ को प्रतियोगितामा नेपालसहित १५ राष्ट्रको सहभागिता थियो । नेपाल रहेको समूह ‘ए’ मा गुआम र ब्रुनाई थिए । नेपालले गुआमलाई २–१ तथा ब्रुनइलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको थियो । नेपालले समूह ‘डि’ को विजेता आयोजक बहराइनलाई २–० ले हराउदै ग्रुप ४ मा बढुवा भएको हो । डेविस कपमा नेपालले अघिल्लो वर्षदेखि मात्र सहभागिता जनाएको थियो ।

यो प्रतियोगिताबाट नेपालसंगै फिलिपिन्स पनि ग्रुप ४ मा प्रवेश गर्न सफल भएको छ । ग्रुप ४ को प्रतिस्पर्धामा यि २ राष्ट्रसंगै श्रीलंका, किर्गिस्तान, कम्बोडिया, इराक, मलेसिया र प्यासिफिक ओसिएना गरी ८ राष्ट्र सहभागी हुने छन् । ग्रुप ४ को आयोजनास्थल र मिति भने टुंगो लागेको छैन ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको