ललितपुर आठलाई अन्तर वडा टेबलटेनिसको उपाधि


काठमाडौँ । ललितपुर महानगरपालिका वडा ८ ले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टको उपाधि बुधबार जितेको छ ।

स्पिन इभेन्ट प्रा।लि। द्वारा आयोजित प्रतियोगिताको फाइनलमा वडा ८ ले सोही महानगरपालिकाको वडा ७ लाई ३–२ ले पराजित ग¥यो । ललितपुर १६ र काठमाडौं महानगरपालिका वडा २६ तेश्रो भए ।

पुरुष भेट्रान टिममा ललितपुर १६ पहिलो भयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा ललितपुर १६ ले ललितपुर ११ लाई ३–० ले हरायो । ललितपुरकै वडा ९ र २० तेश्रो बने । यससंगै प्रतियोयिगतामा ४ स्पर्धाको फाइनल सम्पन्न भएको छ । प्रतियोगितामा ११ स्पर्धा समावेश छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको