अर्सना र ममतालाई स्वर्ण


काठमाडौं । वडा १७ की अर्सना महर्जन र वडा ५ की ममतासिंह राजभण्डारीले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्।

अर्सना यु–१२ गल्र्स सिंगल्स तथा ममता भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा पहिलो भए। ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा पाटनको गःछेंःमा भइरहेको प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्स फाइनलमा अर्सनाले वडा १६ की काभ्या शाक्यलाई १५–१३, ११–५ र ११–३ को सोझो सेटमा पराजित गरिन्। वडा १९ की मेरिशा श्रेष्ठ र वडा ८ की सुहाना महर्जन तेश्रो भए।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्सको फाइनलमा ममताले वडा ११ की सर्मिला शाक्यलाई सीधा सेटमा ११–४, ११–८ र ११–४ ले हराइन्। वडा १६ की राधा डंगोल र वडा ९ की विजेता वज्राचार्य तेश्रो स्थानमा रहे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको