पोखरा स्पोर्ट्स अवार्ड वैशाख २० गते


पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को मिति तय भएको छ।

पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २० वैशाख २०८२ मा नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रम गर्ने निर्णय भएको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले जानकारी दिएका छन्।

मिति घोषणासँगै अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भइसकेको उनको भनाइ छ। खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आइरहेको छ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने अध्यक्ष घर्तीले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको