भेट्रान पदक विजेता सम्मानित

काठमाडौं, चैत १७ गते । नेपाल मास्टर्स एथलिट संघले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ।

थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो।

कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्षको लङजम्पमा रजत जितेका थिए।  पुरुष ८०–८५ वर्षको १ हजार ५ सय मिटर दौडमा ग्रिवानविक्रम शाह तथा ५५–६० वर्षको ५ हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य जितेका थिए।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल मास्टर्स एथलिट संघका अध्यक्ष जीएन दाई शर्माले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको