इ स्पोर्ट्स टोली उज्वेकिस्तान प्रस्थान


काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गरेको छ।

अप्रिल १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा सुविन प्रजापति (कप्तान) मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन्। टोलीको नाम टिटुके रहेको छ।

प्रशिक्षकमा विपुल भट्टराई तथा व्यवस्थापकमा संगीता गुरुङ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं इ स्पोर्ट्स एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको