काठमाडौं । राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट अस्ट्रेलियामा आयोजना हुने तेक्वान्दोका दुईवटा कार्यक्रममा भाग लिन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन्।
ओलम्पियन विष्ट सोमवार आयोजना हुने न्यु साउथ वेल्स राज्य अन्तर्राष्ट्रिय ओपनमा अतिथिका रुपमा सहभागी हुनेछन्।
युथ ओलम्पियन राजन श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आलोक राना र भिमसेन गौतमले स्थापना गरेको भिक्ट्री तेक्वान्दो एन्ड फिटनेस सेन्टरको बिहीवार उद्धाटनमा पनि विष्ट सहभागी हुनेछन्।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स का मालिक स्वतन्त्र प्रताप शाहको व्यवस्थापनमा आफू अस्ट्रेलिया जान लागेको विष्टले जानकारी दिए।
विष्ट सुदूरपश्चिम रोयल्सको ब्रान्ड एम्बेसडर पनि हुन्।


