काठमाडौं । अखिल नेपाल कबड्डी संघले बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय महिला कबड्डी टेस्ट शृंखला आयोजना गर्ने भएको छ ।
शृंखला बैशाख ७ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ ।
शृंखलाको उपाधि घरमै राख्ने नेपालको लक्ष्य छ । नेपाल १९औं एसियाली खेलकुद र छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपकाे कांस्य पदक विजेता टोली हो ।
तपाईको प्रतिक्रिया !!!


