काठमाडौं । आइसीसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ ।
थाइल्याण्डको टेर्दथाई क्रिकेट मैदानमा वर्षाका कारण खेल समयमा सुरु हुन नसक्दा ५-५ ओभरमा घटाइएको छ । यसअघि नेपाल र हङकङको पहिलो खेल वर्षाकै कारण रद्द भएको थियो ।
नेपालको प्लेइङ ११:
इन्दु वर्मा, रुविना क्षेत्री, राजमती ऐरी, रोमा थापा, कविता कुँवर, पुजा महतो, कविता जोशी, सबनम राई, सम्झना खड्का, रिया शर्मा, रुवी पोदार