दीपेन्द्र सिंह ऐरी ७ रनमा क्याच आउट नै हुन पुगे। यी तीनै खेलाडीको विकेट ब्रान्डोनले लिएका थिए।
३० बलमा ३ चौका र ३ छक्का प्रहार गरेका गुल्सन झा ४२ रन बनाउँदा क्याच आउट भए। सन्दीप लामिछाने ५ र सोमपाल कामी १ रनमा क्याच आउट हुन पुगे।
त्यसअघि स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९६ रनको योगफल तयार पारेको थियो।
स्कटल्यान्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रनको योगदान दिए। उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दा करण केसीको बलमा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट भए।
फिन्ले एमसी क्रेथले ६७ बलमा ३ चौका र १ छक्का सहयोगमा ५५ रन बनाए। म्याथु क्रसले ३९ रन थपे। कप्तान रिची वेरिङटोनले ४० र माइकल लिस्कले १८ रन थपे।
नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए। सन्दीप लामिछानेले एक विकेट झारे।
सिरिजको दोस्रो खेलमा नेपालले बुधबार नेदरल्यान्डविरुद्ध खेल्नेछ।

लिग–२ मा नेपालले तेस्रो जित हात पारेको हो। जितसँगै नेपाल अंक तालिकाको सातौँ स्थानमा उक्लेको छ।
लिगको १३ खेलमा नेपालले ३ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै ८ अंकमा तालिकाको सातौँ स्थानमा उक्लेको हो। ६ अंक भएको युएई आठौँ स्थानमा झरेको छ।
१७ खेलबाट २० अंक जोडेको स्कटल्यान्ड अंक तालिकाको चौथो स्थानमा छ। २० खेलबाट २६ अंक बनाएको नेदरल्यान्ड २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ।