पोर्चुगलका डियोगो जोटाको निधन


काठमाडौं। पोर्चुगल तथा लिभरपुलका फरवार्ड  डियोगो जोटा कार दुर्घटनामी मृत्यु भएको छ।

उनैसँगै उनका २६ वर्षीय भाइ आन्द्रे सिल्भाको पनि यसै  दुर्घटनामा मृत्यु भएको छ।

स्पोनको ऐतिहासिक शहर भल्लाडोलिडको जामोरा प्रान्त ए-५२ मा ओभरटेक गर्ने क्रममा ल्याम्बोर्गिनीको टायर पड्केर दुर्घटना भएको आशंका गरिएके छ। पोर्चुगलबाट स्पेनको जान यस मार्गको प्रयोग गरिन्छ।

आज बिहान सबेरै कार सडकबाट खस्यो, पल्टियो र त्यसपछि आगोमा विस्फोट भएको थियो।

जोटाले भर्खरै उनले आफ्नी बाल्यकालकी प्रेमिका रुटे कार्डोसोसँग दुई हप्ताअघि मात्र विवाह गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको