राजबिराज मेयर कप प्राईड लिगमा राजबिराज र खडककाे विजयी सुरुआत


सप्तरी। राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग सातौं संस्करण अन्र्तगत बिहिवार शुरु भएको पहिलो खेलमा राजबिराज राजदेवी रोयलले कन्चनपुर राईनोसलाई ३७ रनले तथा बजाज खडक वारिर्यसले रुपनी रायर्डसलाई २६ रनले पराजित गर्दै बिजय शुरुवाता गरेको छ।

पबिमाबि क्रिकेट मैदानमा भएको पहिलो खेलमा राजबिराज राजदेवी रोयलले टसजिती पहिलो ब्याटिङ गर्दै निर्धारित १५ ओभरको खेलमा ५ बिकेको नोक्सानीमा १ सय २० रन बनाएको थियो।

राजबिराजका लागि दिवान पुनले २६ बलमा ४१ रन, सदाम आलम २१ रन नटआउट, रोहन बिक १८ रन, प्रविन यादव १५ रनको योगदान दिएका थिए भने बलिंग तर्फ कंचनपुरका अभिमन्यु सरदार २ तथा राशिद खाँन, मुकेश सिंह र रौनक सिंहले सामान १ बिकेट लिएका थिए।

१२१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको कंचनपुर राईनोसले १५ ओभरमा ६ बिकेट गुमाई ८३ रन बनाएका थिए। जसमा रौनक सिंहले २५ रन, प्रविन भुजेल १९ र महानन्द यादवले ११ रनको योगदान दिएका थिए भने बलिंग तर्फ राजबिराजका दिवान पुनः र अभिशेक तिवारीले सामान २ बिकेट तथा मों सोहेल र शिव दासले सामान १ बिकेट लिएका थिए। खेलको प्लेयर अफ द म्याच राजबिराज राजदेवी रोयलका दिवान पुन भएका थिए।

बिहिवार नै सम्पन्न अर्को खेलमा बजाज खडक वारिर्यसले रुपनी रायर्डसलाई २६ रनले पराजित गरेको छ। टसजिति ब्याटिङ गर्दै खडक वारिर्यसले निर्धारित २० ओभरको खेलमा १३७ रन बनाएका थिए। खडकका लागि अनिल कुमार यादवले ४४ रन, पप्पु यदवले ए ले नटआउट १९, सन्तोष कार्र्किले ११ तथा गोपाल मण्डलले नटआउट रहि १० रनको योगदान दिएका थिए। बलिंग तर्फ रुपनी रायर्डसका नविन मण्डलले ३ र अशोक मेहताले २ बिकेट लिएका थिए भने बिशाल पटेल र ईमरान सेखले सामान १ बिकेट लिएक थिए।

१३८ रन लक्ष्य लिई मैदानमा ओर्लेको रुपनी १८ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय ११ रनमै समेटिएको थियो। रुपनीका लागि ईमरान शेखले २९ बलमा ४० रन, महेश माझी २३ रन र बिक्की चौधरीले १४ रनको योगदान दिएका थिए भने बलिंग तर्फ खडकका अभिशेक कार्किले २, फिर्दोस अंसारी र पप्पु यादव बि ले सामान २ बिकेट लिएका थिए भने बावु गोठिया, पप्पु यादव ए र गोपाल मण्डलले सामान १ बिकेट लिएका थिए खेलको म्यान अफ द म्याच खडकका पप्पु यादव बि भएका थिए।

८ दिन संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता छ जसलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा हनुमाननगर हिरोज, कन्चनरुप राइनोज, राजगढ वारियर्स, राजविराज राजदेवी रोयल छन् भने समुह ‘बि’ मा तिराहुट टाइगर्स, रोयल च्यालेन्जर बाराही विरपुर,रुपनी राइडर्स तथा खडक वारियर्स रहेका छन्। समुह चरणमा सबै टिमले एकअर्का संग खेलेपछि दुवै समुहबाट उत्कृस्ट दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल साउन १ गते हुनेछ।

प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको