कोपिला मधेश युनाइटेडको प्रशिक्षकमा नियुक्त


काठमाडाैँ। मधेश युनाइटेडले आगामी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि कोपिला उप्रेतीलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ।

एक दशक भन्दा लामो समयसम्म उनी राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहेकी थिइन्। उनी १०औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले कास्यपदक जित्ने टोलिकी सदश्य थिईन।

उनले नेपाल पुलिस क्लबको लागि पनि प्रशिक्षण गरिसकेकी छन्।

उप्रेतीले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै आफु एकदमै उत्साहित रहेको बताएकी छिन्। यसबारे बोल्दै उप्रेती भन्छिन् , “मधेश युनाईटेडको प्रशिक्षकको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु। टोलिले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु।” उप्रेतीको उपस्थितीले मधेश युनाइटेडले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबले लिएको छ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको दोस्रो एभरेष्ट वुमन्स भलिबल लिग आगामी भाद्र २० गते देखि भाद्र २८ गतेसम्म हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको