आईटीएफको वार्षिकोत्सवमा खेलाडीलाई सम्मान गरिने


काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्नो २८ औं वार्षिकोत्सवमा वर्ष उत्कृष्ट पुरुष÷महिला खेलाडीलगायतलाई सम्मान गर्ने भएको छ।

वार्षिकोत्सव बुधबार लाजिम्पाटमा हुनेछ। सोही अवसरमा वर्ष उत्कृष्ट प्रशिक्षक, प्रदेश संघ र जिल्ला संघलाई पनि सम्मान गरिने महासंघका महासचिव घमबहादुर थापाले जनाएका छन्।

गत अगष्ट १९ देखि २६ तारिखसम्म भारतमा भएको दसौं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका पदक विजेता पनि सम्मानित हुने छन्। उक्त प्रतियोगितामा नेपालले २ स्वर्ण र १ कांस्य पदक जितेको थियो।

वर्ष उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई नगदसहित सम्मान गरिने महासंघका कोषाध्यक्ष विक्रम बाठा मगरले बताए। सम्मान कार्यक्रमअघि बुधबारै महासंघको वार्षिक साधारण सभा पनि हुनेछ।

विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने क्रममा यसअघि महासंघले भक्तपुरको कौशल्टारस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाएको थियो भने रक्तदान पनि गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको