हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सुनिता निर्णायक


काठमाडाैँ। थाइल्यान्डमा आयोजना हुने ८औँ हिरोज अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सुनिता बिष्टले निर्णायक भुमिका निर्वाह गर्ने भएकी छिन्।

प्रतियाेगिता साउन २४ र २५ गते हुँदैछ। दाङ घोराहीस्थित अल्फा तेक्वान्दो डोजाङ कि डोजाङ प्रमुख तथा अन्तराष्ट्रिय तेक्वान्दो निर्णायक सुनिता बिष्ट नेपालको तर्फबाट महिला निर्णायकको भुमिका निर्बाह गर्ने लागेकी हुन्

सुनिताले गत वर्ष काजकिस्तानमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार उतिर्ण गर्दै नेपालको सबैभन्दा सानो उमेरमा अन्तराष्ट्रिय निर्णायक हुन सफल भएकी थिइन्। उनी तेक्वान्दो अन्तराष्ट्रिय खेलाडी पनि हुन्। बिहिवार नै उनी थाइल्यान्ड प्रस्थान गरिसकेकी छिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको