काठमाडौं। अष्ट्रेलियामा जारी टप एन्ड टी २० सिरिजमा पाकिस्तानको शाहीन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएकाे छ।
डार्विनको मरार क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको हो।
पाकिस्तानका लागि अब्दुल समादले २७ र यासिर खानले १८ रन बनाए। क्याप्टेन इरफान खानले नटआउट ४२ र मोहमद वासिमले २३ रनको योगदान गरे।पाकिस्तानले अन्तिम ५ ओभरमा ६१ रन बनाएको थियो।
नेपालका लागि सोमपाल कामीले ३, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए। कुशल भुर्तेलको नाममा एक विकेट रह्यो।
जारी प्रतियोगितामा नेपालको यो अन्तिम खेल हो।


