अनिलको कप्तानीमा आसामसँग नेपाल ‘ए’ ले टी-२० सिरिज खेल्ने


काठमाडौं । भारतको गुवाहाटीमा भदौ १० देखि १८ गते सम्म नेपाल ए र आसाम स्टेट टिमबीच पाँच खेलको टी–२० सिरिज हुने भएको छ। यस सिरिजका लागि नेपाल ए राष्ट्रिय टोलीको घोषणा गरिएको छ।

घोषित टोलीको कप्तानी विकेटकिपर ब्याटर अनिल साहले गर्नेछन्। राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनिल नेपाल ए को कप्तान चयन भएका छन्।

यसपटकको टोलीमा १६ खेलाडी समावेश गरिएको छ। टोलीमा अर्जुन घर्ती, सुभ कन्साकर, तृत राज दास, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरि, मोहम्मद आदील आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको