एसिटीलाई नेपालले दियो १७८ रनको लक्ष्य

काठमाडौं। पहिलो टी२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) लाई १७८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको बनायाे।

नेपालका लागि ओपनर आसिफ शेखले ३८ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ६९ रन बनाए। कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ र दीपन्द्रसिंह ऐरीले २१ रन जोडे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको