एभरेष्ट महिला भलिबल लिग : उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्ने


पोखरा। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीए) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल भदौ २० गते शुक्रबार दिउँसो २ बजे सुरु हुनेछ।

शुक्रबारै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच अपरान्ह ४ बजे दोस्रो खेल हनेछ।

इन्फनिटी ड्रिम्स प्रालि को आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुनेछ। कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।

सहभागि टोलीले सिंगल राउण्ड रोविनका आधारमा शीर्ष दुई टोलीबीच भदौ २८ गते फाइनल खेल हुनेछ। दोस्रो संस्करणमा विश्वका विभिन्न देशबाट १८ विदेशी खेलाडी एभरेष्ट महिला भलिबल लिग खेल्ने पोखरा आएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको