इडब्लुभिएलकाे उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्दै


काठमाडाैँ। एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण बिहिवारबाट सुरु हुँदैछ।

उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमने-सामने हुँदै छन्। उद्घाटन खेल पाेखराकाे बहुउद्देश्यीय कभर्डहलमा दिउँसाे २ बजेबाट हुनेछ।

त्यस्तै, बिहिवार नै हुने दोस्राे खेलमा ललितपुर क्विन्स र मधेश यूनाइटेड बिच हुनेछ। उक्त खेल भने अपरान्ह ४ बजे सुरु हुनेछ।

कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताकाे फाइनल खेल २८ गते हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको