काठमाडाैँ। एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले पहिलो जित हासिल गरेकाे छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो।
पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो। तर, निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो। पाँचौ सेटमा सुरुआतबाटै अग्रता बढाउँदै लुम्बिनीले १५–१० को सहज जित दर्ता ग¥यो। पहिलो जितसँगै लुम्बिनीले २ अंक जोडेको छ। ३ खेलमा जितविहीर रहेको पोखराले एक अंक जोडेको छ।
लुम्बिनी पहिलो खेलमा कर्णाली यशविशसँग ३–१ को सेटमा पराजित भएको थियो। पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ। पोखरा पहिलो खेलमा कर्णाली यशविश र दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो। यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं स्पाईकर्सले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको थियो।
लिगको चौथो दिन सोमबार दुई खेल हुनेछन्। पहिलो खेल कर्णाली यसविश र काठमाडौं स्पाईकर्सबिच हुनेछ।