अफगानिस्तानको विजयी सुरुआत

काठमाडौँ। अफगानिस्तानले एसिया कपमा विजयी सुरुआत गरेको छ।

मंगलबार सम्पन्न एसिया कपको उद्घाटन खेलमा अफगानिस्तानले हङकङलाई ९४ रनले पराजित गरेको हो।

अफगानिस्तानले दिएको १८९ रनको लक्ष्य पछाएको हङकङ २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो।

हङकङका लागि बाबर ह्यातले ३९ र कप्तान यसिम मुर्ताजाले १६ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानका लागि सेडीक्युल्लाह अटलको ७३ र अज्मतुल्लाह ओमारजाईको ५३ रनको सहयाेगले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो।

अब एसिया कप अन्तर्गत आज भारत र युएईबीच खेल हुँदैछ। यो खेल रति ८: १५ बजे हुने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको