राष्ट्रिय टोलीमा आदिलको पुनरागमन


काठमाडौं। अलराउन्डर आदिल अन्सारीले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीमा पुनरागमन गरेका छन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले संयुक्त अरब इमिरेट्स (युएई)मा वेस्ट इन्डिजसँग हुने युनिटी कप टी–२०आई प्रतियोगिताका लागि घाेषणा गरेको १६ सदस्यीय टोलीमा आदिलसँगै सन्दीप जाेरा पनि अटाएका हुन्।

स्पट फिक्सिङको आरोपमा लागेपछि आदिलले सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। जोरा भने गत वर्ष सम्पन्न टी–२० विश्वकपपछि टोलीमा फर्किएका हुन्।

दुवैले भारतको आसाममा भएको ५ खेलको टी–२० सिरिजमा नेपाल ‘ए’ बाट राम्रो प्रदर्शन गरेका थिए। सिरिजका खेल २९,२९ र ३० सेप्टेम्बरमा युएईको सरजाह क्रिकेट मैदानमा हुनेछ।

नेपालले आइसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि सिरज खेल्न लागेको हो।

नेपाली टाेली
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ सेख (विकेट किपर), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आदील आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन कुमारझा, साहब आलम


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको