काठमाडौँ। पाकिस्तान संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसीसी एसिया कप २०२५ काे सुपर फाेरमा छनाेट भएकाे छ।
बुधबार राति सम्पन्न खेलमा युएईलाई ४१ रनले पराजित गर्दै पाकिस्तान सुपर फोरमा पुगेकाे हाे।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो। १४७ रनकाे लक्ष्य पाएर जवाफि ब्याटिङ गरेकाे युएईले १७.४ ओभरमा केवल १०५ रनमा अलआउट भयो।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी, हरिस रौफ र अब्रार अहमदले दुई-दुई विकेट लिए भने साम अयुब र सलमान आघाले एक-एक विकेट लिए।
याे सँगै समूह ए बाट भारत र पाकिस्तान सुपर ४ मा पुगेका छन्। भारतले आफ्ना दुवै खेल जितका साथ शीर्ष स्थानाम छ। पाकिस्तान ३ खेलमा २ खेल जितेर दोस्रो स्थानमा रहेको छ।


