एनएसपीएलको ट्रायल सम्पन्न


काठमाडौं। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेकाे सबैभन्दा ठूलो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल) को ट्रायल सम्पन्न भएको छ।

देशभर विभिन्न स्थानमा सम्पन्न भएकाे ट्रायलमार्फत खेलाडी छनोट प्रक्रिया सकिएको हाे। ट्रायलमा खेलाडीहरुको उल्लेखनिय सहभागिता रह्यो। ट्रायलमा करिब १५०० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए भने तीमध्ये २५० जना खेलाडीहरुलाई अक्सनका लागि छनोट गरिने छ।

यो प्रतियोगिता टेनिस बल क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने महत्वपूर्ण प्लेटफर्म हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सात टिम सहभागी हुनेछ। प्रतियोगितामा कुल २५ खेल खेलिने छ। लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ र शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। विजेता टिमले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

हाल प्रतियोगिता केही समयका लागि स्थगित भएको छ। सुरुवाती योजना अनुसार प्रतियोगिता असोज २१ देखि असोज ३१ गतेसम्म हुने तय गरिएको थियो। तर, भदौ २३ र २४ गतेका जेनजी आन्दोलन तथा हाल देश शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी आयोजकले दिएको छ। प्रतियोगिताको नयाँ मिति छिट्टै नै सार्वजनिक हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको