काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले साेमबार नयाँ जर्सी सार्वजनिक गरेको हो। नेपाली क्रिकेट टिमकाे नयाँ जर्सीलाई नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ।
नयाँ जर्सीमा निलो र रातो रंगको मिश्रण रहेको छ भने जर्सीको तल्लो भागमा सगरमाथाको चित्र राखिएको छ जसले जर्सीलाई अर्थपूर्ण र उत्कृष्ट बनाएको छ। जर्सीमा नयाँ स्पोन्सर नासा सेक्युरिटीजको लोगो अंकित गरिएको छ।
गत साउन २५ गते क्यान र नासाबीच जर्सी स्पोन्सरको सम्झौता भएको थियो नासा सेक्युरिटिजले जर्सी स्पोन्सर गरे बापत बार्षिक २ करोड ३६ लाख भुक्तानी गर्ने गरि सम्झौता भएको छ।


