रबिन्द्र गुप्ता पाकिस्तान–अफगानिस्तान व्हिलचेयर क्रिकेट सिरिजको म्याच रेफ्री


काठमाडौं। नेपाली राष्ट्रिय अम्पायर रबिन्द्र गुप्ता पाकिस्तान र अफगानिस्तानबीच हुने २०२५ व्हिलचेयर क्रिकेट सिरिजको प्रमुख प्राविधिक समिति प्रमुख तथा म्याच रेफ्री नियुक्त भएका छन्।

आगामी सेप्टेम्बर २९ देखि अक्टोबर २ सम्म पाकिस्तानको कराँचीमा हुने उक्त सिरिजमा गुप्ताले प्राविधिक पक्षको नेतृत्व गर्नेछन्। अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उनी यस्तो जिम्मेवारी सम्हाल्ने पहिलो मध्येका व्यक्तिहरूमध्ये पर्छन्।

यस नियुक्तिलाई नेपाली क्रिकेट जगतका लागि गौरवको विषयका रूपमा हेरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको