ऐतिहासिक खेलमा नेपालको सम्भावित प्लेइङ-११


काठमाडौं । नेपाल र वेस्टइण्डिजबीचको तीन खेलको ऐतिहासिक युनिटी कप टि२० आई सिरिज अन्तर्गतको पहिलो खेल आज हुदैछ ।

नेपाल र वेस्टइण्डिजबीचको खेल युएईमा नेपाली समय अनुसार शनिबार बेलुका ८ः१५ मा सुरु हुनेछ । नेपाललले टि ट्वान्टी अन्तर्राष्ट्रियको इतिहासमा पहिलो पटक शनिबार वेस्ट इण्डिजको सामना गर्न लागेको हो ।

नेपाल यस ऐतिहासिक खेलमा जित हात पार्दै खेललाई थप रोमाञ्चक बनाउँने लक्ष्यमा रहेको छ । त्यसका लागि नेपालले यस खेलमा आफ्नो बलियो प्लेईङ११ मैदानमा उतार्ने सम्भावना रहेको छ ।

यस खेलमा नेपालका लागि ओपनरको भुमिकामा सन् २०२१ पछि नियमित जस्तै टिमको ओपनर रहेका आसिफ शेख र कुशल भुर्तेलको सम्भावना रहेको छ । ओपनिङमा यसबीचमा केही अन्य विकल्पको परिक्षण गरिए पनि आसिफ र कुशलको जोडिले यस खेलमा निरन्तरता पाउने सम्भावना रहेको छ ।

नेपालका लागि तेस्रो नम्बरको ब्याटरका रुपमा आक्रमक ब्याटर लोकेश बमको सम्भावना रहेको छ । लोकेशको आक्रमक इनिङ नेपालका लागि आवश्यक रहेको छ ।

चौथो नम्बरको ब्याटरको रुपमा कप्तान रोहित पौडेलले अवसर पाउने सम्भावना रहेको छ । टिमलाई महत्वपुर्ण कप्तानी गर्नुका साथै रोहितको सुझबुझ पुर्ण ब्याटिङ समेत टिमलाई आवश्यकता रहने छ ।

नेपालका लागि पाँचौ नम्बरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी खेल्ने सम्भावना छ । टिमले दीपेन्द्रबाट राम्रो रनको अपेक्षा गरेको छ । यस अघि भएका विभिन्न टेस्ट राष्ट्रका विरुद्ध दीपेन्द्रको खराब ब्याटिङ रहेकोमा यसखेलमा त्यसको सुधारको अपेक्षा रहेको छ । ब्याटिङका साथै साथै दीपेन्द्रबाट बलिङ र फिल्डिङमा टिमले राम्रो अपेक्षा राख्ने छ ।

छैटौ नम्बरमा केही पछि टोलीमा पुनरागमन गरेका कुशल मल्ल रहने छन् । विष्फोटक ब्याटिङका लागि परिचित कुशलबाट केही ओभर बलिङको समेत अपेक्षा रहनसक्छ । त्यस्तै, सातौं नम्बरमा अर्का विग हिटर लामो समय पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मोहम्मद आदिल आलम रहनेछन् ।

आठौं स्थानमा गुलशन झा, नवौं स्थानमा करण केसी टिममा रहँदा स्पिन जोडिका रुपमा सन्दीप लामिछाने र ललितनारायण राजवंशी टोलीमा रहनेछन् ।

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, मोहम्मद आदिल आलम, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको