काठमाडौं । नेपालले वेस्टइण्डिजविरुद्धको तेस्रो तथा अन्तिम टि२० आईमा टस जितेको छ ।
युएईको शारजहाँमा वेस्ट इण्डिजका कप्तान अकिल हुसेनले टस जितेर बलिङ रोजे पछि नेपालले ब्याटिङको निम्तो पाएको हो । सोमबार भएको दोस्रो टि२० आईमा नेपाली टोलीमा ३ परिवर्तन गरेको छ ।
नेपालले दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र आसिफ शेखलाई आराम लिएको छ । उनीहरुको स्थानमा आरिफ शेख, शाहब आलम र लोकेश बमले मौका पाएका छन् ।
वेस्टइण्डिजविरुद्धको तीन खेलको युनिटी कप टि२० सिरिज एक खेल अगावै जितिसकेको छ । पहिलो खेलमा १९ रनको जित हात पारेको नेपालले दोस्रो खेलमा ९० रनको फराकिलो जित हासिल गरेको थियो ।
लगातार दुई जितका साथ नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको थियो । टेस्ट मान्यता प्राप्त राष्ट्रसँग पहिलो पटक दुईपक्षिय सिरिज खेलिरहेको नेपालले पहिलो सिरिजमा नै ठूलो सफलता हात पारेको हो ।
नेपाल आजको खेलमा जित हात पारेर पहिलो पटक कुनै पनि एसोसिएट राष्ट्रले टेस्ट राष्ट्रमाथि ३-० ले सिरिज जित्न चाहन्छ । उता, वेस्टइण्डिज सिरिजमा सान्त्वना जित निकाल्ने लक्ष्यमा छ ।
नेपालको प्लेईङ-११
लोकेश बम, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, मोहम्मद आदिल आलम, शाहब आलम


