नेपाल र मलेसियाको पहिलो खेल आज


काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली र मलेसियाको महिला टोलीबीचको ५ खेलको टि२० सिरिज आजबाट सुरु हुदैछ ।

मलेसिया र नेपालबीचको पहिलो टि२० खेल नेपाली समय अनुसार बिहिबार बिहान पौने १२ मा क्वालालाम्पुरमा हुदैछ । नेपाल र मलेसियाबीचको पछिल्लो ५ टि२०आई खेलमा मलेसिया ३ तथा नेपाल २ खेलमा विजयी भएका छन् ।

नेपाल र मलेसियाबीचको अन्य खेल शनिबार, आइतबार, मंगलबार र बुधबार रहेको छ । नेपाल आगामी जनवरीमा घरेलु भुमीमा नै आयोजना हुने आइसिसी महिला टि२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको